काठमाडौँ,
काठमाडौँ उपत्यकामा केहि बेर अघि देखि परेको भारी वर्षाले त्रिभुवन विमानस्थलमा हवाईजहाजहरू अवतरण गर्न सकेका छैनन् ।
आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू पानी धेरै पर्दा भिजिविलिटीको कारणले होल्ड भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
अहिले कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरवेयज, दिल्लीबाट काठमाडौँ आएको भिस्टारा सहित ५ भन्दा बढी आन्तरिक उडानहरू अवतरण हुन नसक्दा आकाशमै होल्ड भएका छन् ।