सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री ओलीले एनपिसी अध्यक्ष चाओलाई पनि भेटे

 

चीन : चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीबीच भेटवार्ता भएको छ।

Pach Pandav

त्यस अवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक चासोका साझा विषय र संसदीय मामिलाका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

आजै प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गरेका थिए। यस्तै प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री लि छ्याङ नेतृत्वको प्रमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेको थियो।

Leave A Reply

Your email address will not be published.