Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- रिया खत्री र कृष क्षेत्रीको स्वरमा नयाँ गीत ‘युके शहर’ सार्वजनिक
- ‘चंगुल’ टिमद्वारा असोज १६ को प्रदर्शनअघि देशभक्तिपूर्ण गीत रिलिज
- टनेल २६ टोलीसँग गृहमन्त्री गुरुङको भेट, आम्दानीको २५ प्रतिशत प्रधानमन्त्री बिपद कोषमा
- चार भाषामा सार्वजनिक भयो ‘प्रतिवैरम्’ को गीत ‘माहोल गरम’,प्रियंका कार्कीको हट अवतार
- सुमन गजमेरको निर्देशनमा बन्ने ‘हाम्रो सानो घर’ मा देखिने भइन् मोडल पूर्णिका
- कास्की कांग्रेसमा कमला गिरीको दाबी: सामाजिक र व्यावसायिक अनुभव संगठन हितमा लगाउने संकल्प
- नारायणीको जलसतह हालसम्मकै उच्च
- सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो
- नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ई.रामबहादुर के.सीको सशक्त उम्मेदवारी
- कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो
प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र निरीक्षणका लागि नुवाकोटको विदुर प्रस्थान
काठमाडौँ,
प्रधानमन्त्री वालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्सालसमेत सहभागी हुनुहुन्छ ।
उहाँहरू आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये विदुरतर्फ प्रस्थान गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।
बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नदी तटीय क्षेत्रमा क्षति पु¥याउनासाथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहनुभएको छ ।
बाढीकोलगत्तै उहाँले उच्चस्तरीय बैठक आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायलाई आवश्यक निर्देशन दिनुभएको थियो । साथै प्रभावित क्षेत्रमा खोज उद्धार र राहतका लागि निरन्तर सहजीकरण गर्दै आउनुभएको छ ।
बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीको निरीक्षण गर्नुहुनेछ ।
भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधारमन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनःस्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछ ।
उहाँहरुले सम्पूर्ण प्रभावित क्षेत्रमा द्रुत गतिमा राहत पुर्याउन र पूर्वाधार पुनर्निर्माणको कामलाई तीव्रता दिन आवश्यक निर्देशन दिने कार्यक्रम छ ।