सुचना, समाचार र मनोरन्जन

तत्काल संविधान संशोधन सम्भव छैन : प्रधानमन्त्री ओली

काठमाडौं/

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल संविधान संशोधनको सम्भावना नरहेको बताएका छन् ।

Chaka Panja

मंगलबार एमाले केन्द्रीय कमिटी बैठकको समापन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनका लागि राष्ट्रिय सहमति र दुई तिहाइ संख्या पुग्ने सम्भावना नभएकाले तत्काल संविधान संशोधन भइहाल्ने अवस्था नरहेको बताएका हुन् ।

‘संविधान संशोधनका लागि राष्ट्रिय सहमति पनि चाहिन्छ, संसदमा संख्या पनि पुग्नुपर्छ’,ओलीको भनाई उधृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘अहिले त्यो दुवै अवस्था छैन ।’

तर ओलीले संविधान संशोधनको तयारी भने गर्दै अघि बढ्ने बताएका थिए । ‘सबै तयारी पुरा भएपछि संविधान संशोधन नगर्ने भन्ने कुरा हुँदैन । पहिला तयारी गर्नुपर्छ’, ओलीको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.