सुचना, समाचार र मनोरन्जन

पोखरा १२ मा कौसी खेतीका लागि तालिम संचालन

कंक्रिटको जंगल बनेको शहरी क्षेत्रमा खेतीयोग्य खाली जमिन पाउन मुस्किल छ । गाउँमा घर वरिपरि करेसाबारी भएजस्तो शहरी क्षेत्रका घरसँग करेसाबारी हुनु दूर्लभ र अपवाद जस्तै छ ।

पोखरा महानगरपालिका १२ नम्बर वडा कार्यालयले कौसी खेतीका लागि तालिम कार्यक्रम सञ्चालन गरेको छ । वडा भित्रका महिलालाई आयआर्जनमा जोड्न तालीम दिइएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । उनका अनुसार यो तालिमको उद्देश्य महिलाहरुलाई आर्थिक रूपले सशक्त बनाउन र घरै बसेर आय आर्जन गर्ने अवसर प्रदान गर्नु हो । मेहनेतसाथ उत्पादन गरेको तरकारी आफूले खाँदा आनन्द आउँछ, वडाध्यक्ष बास्तोलाले तरकारी किन्दा हुने खर्च पनि बचत हुन्छ ।

तालिममा अर्गानिक तराकारी खेतिको आवश्यकता, माटोको तयारी, बाली छनौट, बेर्ना उत्पादन, बेर्ना सार्ने प्रक्रिया, मलखाद ब्यवस्थापन, सम्भावित रोग र निदानका उपाय र बाली भित्र्याउने प्रक्रिया सिकाइने पोखरा महानगरपालिका कृषि तथा आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

शहरमा बढ्दै गएको कौसी खेतीको रुचीलाई देखेर होला पोखरा महानगरपालिका १२ नम्बर वडा कार्यालयले वीउ र मल निःशूल्क वितरण गरेको छ ।

कौसी खेतीलाई बढवा दिन पोखरा महानगरपालिकाले वडा–वडामा कृषि सञ्जाल गठन गरेको छ । तालिममा कौसी खेती कृषकले आ-आफ्ना अनुभव साटेका छन ।

Leave A Reply

Your email address will not be published.