सुचना, समाचार र मनोरन्जन

पोखरामा वृहत् कन्दमूल प्रदर्शनी

 

गण्डकी : चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका कृषि विकास शाखाको आयोजनामा बिहीबार पोखरामा वृहत् कन्दमूल प्रदर्शनी गरिएको छ।

Pach Pandav

युवा पुस्तालाई घर तरुल, वन तरुल, गिट्ठा भ्याकुर, सिमल तरुल, सखरखण्ड, पिँडालु, ओललगायत कन्दमूलबारे जानकारी गराउने उद्देश्यका साथ पोखरा–१७ स्थित ढुङ्गेसाँघुमा प्रदर्शनी आयोजना गरिएको हो। प्रदर्शनीमा २५ किसिमका कन्दमूल राखिएका थिए।

पोखरामा बर्सेनि करिब १३० टन तरुल र ९० टन सखरखण्ड बिक्री हुने गरेको कृषि विकास शाखाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.