सुचना, समाचार र मनोरन्जन

पोखरामा अन्तरपालिका साझेदारी कार्यक्रम कार्यान्वयनको विषयमा छलफल

पोखरा ।

पोखरा महानगरपालिकाले छिमेकी पालिकाका प्रमुख र उपप्रमुखहरूसँग समन्वयात्मक बैठक सम्पन्न गरेको छ । अन्तरपालिका साझेदारी कार्यक्रम कार्यान्वयनका सम्बन्ध समन्वयात्मक छलफल गरिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।

बैठकमा कास्कीका चार वटै गाउँपालिका, स्याङ्जाको फेदिखोला र तनहुँको शुक्ल गण्डकी गरी ६ वटा पालिकाका प्रमुख र उपप्रमुखहरूको सहभागिता रहेको थियो । सो क्रममा छिमेकी पालिकाहरूमा भए गरेका असल अभ्यास र विकास निर्माणका कार्यक्रमहरू सञ्चालन गर्दैगर्दाका अनुभवहरू समेत आदान प्रदान गरिएको छ ।

पोखरा महानगरपालिकाले ६ वटा छिमेकी पालिकाहरूसँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्नका लागि प्रति पालिका रु.२५ लाखका दरले रु.१ करोड ५० लाख रुपैयाँ प्रदान गरेको छ । दुवै पालिकाहरूको समन्वयमा यो रकम खर्च हुनेछ ।

आगामी बैठक कास्कीको रुपा गाउँपालिकाको व्यवस्थापनमा तिन महिना भित्र बस्नेछ ।

Leave A Reply

Your email address will not be published.