सुचना, समाचार र मनोरन्जन

भाद्र ४ गते पोखरा बहुमुखी क्याम्पसको खुल्ला तीजगीत प्रतियोगिता

पोखरा,

पोखरा,
पोखरा बहुमुखी क्याम्पसले नेपाली नारीहरूको महान् चाड हरितालिका तिजको अवसरमा खुला राष्ट्रिय तीजगीत प्रतियोगिता आयोजना गर्ने भएको छ ।

Pach Pandav

संस्कृतिको जगेर्ना र न्यून आय भएका विद्यार्थीका निमित्त अक्षयकोष स्थापनार्थ आउँदो भदौँ ४ गते वुधवार क्याम्पस प्राङगण शान्तिवनमा प्रतियोगिता गर्न लागेको मुल समिति संयोजक भानु पराजुलीले जानकारी दिनुभयो। खुल्ला तीजगीत प्रतियोगितामा सहभागी हुने समूहले भाद्र ३ गतेसम्म दर्ता शुल्क १ हजार सहित क्याम्पसमा सम्पर्क गर्न सकिने क्याम्पस प्रमुख शिशुकला पराजुलीले जानकारी दिनुभयो ।

प्रतियोगिताको प्रथम पुरस्कार नगद रु ४० हजार र प्रमाणपत्र, द्धितिय पुरस्कार नगद रु ३० हजार र प्रमाणपत्र, तृतीय पुरस्कार नगद रु २० हजार र प्रमाणपत्र र सान्तवना पुरस्कार नगद रु १० हजार र प्रमाणपत्र तोकिएको छ । सहभागीले तीजगीत तीजी भाकामा जुनसुकै विषयबस्तुलाई समेटेर प्रस्तुत गर्न सक्नेछन ।

तीजगीत प्रतियोगितामा चर्चित लोक तथा दोहोरी गायक प्रजापति पराजुली तथा सरला पान्डे, माया गुरूङ, तारा थापा लगायतका कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ ।

Leave A Reply

Your email address will not be published.