काठमाडौँ :
अभिनेत्री पूजा शर्मा अब औपचारिक रूपमा वैवाहिक जीवनमा प्रवेश गर्न लागेकी छन्। उनी मंसिर २० गते प्रेमी युद्ध बानियाँसँग विवाह गर्दैछिन्। विवाह समारोह भक्तपुरको साँगास्थित पाँचतारे होटल फर्च्युनमा आयोजना हुनेछ।
कार्यक्रममा दुवै पक्षका सीमित पारिवारिक सदस्य र केही फिल्मकर्मी मात्र सहभागी हुने बताइएको छ। पूजा र युद्ध केहि वर्षदेखि प्रेम सम्बन्धमा छन्। उनीहरूले संयुक्त रूपमा ललितपुरको झम्सिखेलमा ‘ट्याग’ नामक रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन्।