सुचना, समाचार र मनोरन्जन

सलोन सलिना फिल्मसको व्यानरमा फिल्म ‘पीआर’ निर्माण हुने

काठमाडौं :

सलोन सलिना फिल्मसको व्यानरमा फिल्म ‘पीआर’ निर्माण हुने भएको छ। आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्नेछन् ।

फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल निर्माता र एप्लाई वर्ल्डका गणेश केसी कार्यकारी निर्माता छन्। निर्देशक शोभितका अनुसार फिल्मका लागि हाल अष्ट्रेलियाका विभिन्न स्थानमा अडिसन भइरहेको छ । एम्बिसन कलेज रकडेल, आरटुएम एकाउन्टिन रकडेल र बिकास अधिकारी (प्रिज्मस् एजुकेसन एन भिजा सर्भिस) विशेष सहयोग रहने फिल्ममा राजजंग क्षेत्री प्रोडक्सन हेड छन्।

फिल्ममा मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद छ । निर्देशक बस्नेतले फिल्मको सम्पूर्ण छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा गरिने बताए। ‘सम्पूर्ण कलाकार र प्राविधिक अष्ट्रेलियाबाटै छानिनेछन् । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर हामी सुटिङमा जानेछौं’, उनले भने।

फिल्म निर्माण समूहले फिल्मको फस्टलुक पनि सार्वजनिक गरेको छ। फस्टलुकमा हातमा सुटकेस बोकेर अष्ट्रेलिया जान लागेका एक व्यक्तिलाई देखाइएको छ। जसको शरीरको आधा भाग महिलाको छ भने आधा पुरुषको । महिलाको भागमा नेपालको झण्डा देखाइएको छ भने पुरुषको भागमा हातमा सुटकेस बोकेर कोट लगाएको देखाइएको छ। पृष्ठभूमिमा अष्ट्रेलिया र नेपालको दृश्य राखिएको छ । त्यस्तै उडिरहेको हवाईजहाज पनि देखाइएको छ ।

Leave A Reply

Your email address will not be published.