सुचना, समाचार र मनोरन्जन

प्रभातपाल र स्मारिका फिचर्ड राजु लामाको ‘फेरि भेटौंला’ सार्वजनिक

काठमाडौँ  :

चर्चित सांगीतिक ब्याण्ड मंगोलियन हार्टका भोकलिस्ट एब  द भ्वाइस अफ नेपालका कोच समेत रहेका लोकप्रिय गायक राजु लामाको नयाँ गीत  ‘फेरि भेटौंला’ सार्वजनिक भएको छ। सुरेश राइको शब्द तथा संगीत रहेको गीतमा फरिन्द्र राइको एरेन्ज रहेको छ  ।

नेपाली गीत संगीतको बजारमा चिर परिचित तथा पहिचान बोकेको गायक राजु लामाले गाएका अधिकांश गीत हिट नम्बरमा पर्छन्। बिहिबार बेलुका सार्वजनिक गीत ‘फेरि भेटौंला’को म्युजिक भिडियोमा पछिल्लो समयका चर्चित जोडी प्रभातपाल ठकुरी र स्मारिका ढकाल अभिनय रहेको छ।

उत्सव दाहालको सीनेमाटोग्राफी र विकाश दाहालको सम्पादन रहेको भिडियोलाई पुनम श्रेष्ठले निर्देशन गरेका हुन्।नेपाली गीतसंगीत र चलचित्रको विकास र प्रबर्दनमा सक्रिय अग्रणी कम्पनी ‘हाइटेक इन्टरटेन्टमेन्ट’ले गीतलाई निर्माण गरेको हो।

Leave A Reply

Your email address will not be published.