सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

भ्यालेन्टाइन डेमा स्मारिका र प्रचण्डको ‘म तिमी तिरै हेर्छु‘

 काठमाडौं :

गायक गगन श्रेष्ठले प्रणय दिवसको अवसर पारेर आफ्नो नयाँ गीत ‘म तिमी तिरै हेर्छु‘ सार्वजनिक गरेका छन्। शुक्रबार नुवाकोटको विदुरमा एक कार्यक्रम बीच गीतको  अडियो र भिडियो सार्वजनिक गरिएको हो। कञ्चन मगर जिआरको शब्द र प्रविन बराईलीको संगीत रहेको गीतमा सञ्जिव बराईलीको संगीत संयोजन रहेको छ।

sfal

 गायक तथा नुवाकोट कलाकार समाजका अध्यक्ष प्रचण्डबाबु राई र स्मारिका ढकालले अभिनय गरेको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेको गरेका हुन्। दिनेश पराजुलीको छायाँकन र विकाश धमलाको सम्पादन रहेको भिडियोको छायाँकन नुवाकोट जिल्लाका धार्मिक, रमणीय तथा पर्यटकीयस्थलमा गरिएको छ। मञ्जिला श्रेष्ठको प्रस्तुति रहेको गीतलाइ स्वय गायकको युट्युब च्यानल गगन श्रेष्ठ(GAGAN SHRESTHA)मार्फत हेर्न सकिने छ।

Leave A Reply

Your email address will not be published.