सुचना, समाचार र मनोरन्जन
Pdms

अध्यक्ष दाहालद्वारा अन्तरराष्ट्रिय युवा दिवसको शुभकामना

काठमाडौँ,

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण युवामा हार्दिक शुभकामना व्यक्त गरेका छन ।

गरिबी, असमानता, जलवायु परिवर्तन र अन्य विश्वव्यापी चुनौतीबाट पार पाउँदै दिगो विकासका लक्ष्य प्राप्तिमा युवा वर्ग लाग्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । साथै अध्यक्ष दाहालले सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा लाग्न युवा जमातलाई आह्वान गरेका छन ।

माओवादी नेतृत्वको सरकारले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन विशेष प्राथमिकता दिएको उहाँले शुभकामना सन्देशमा स्मरण गरे ।

Leave A Reply

Your email address will not be published.