सुचना, समाचार र मनोरन्जन

थुमन र प्रितिले ल्याए “ठकुरीको छोरी”

काठमाडौ :

चर्चित गायिका प्रिति आले र गायक तथा सर्जक थुमन शर्माद्वारा स्वरबद्ध “ठकुरीको छोरी” बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा थुमन र प्रितिसंगै युवराज छन्त्याल तथा प्रतिभा शर्मा चपाईको स्वर रहेको छ।

Chaka Panja

गीतमा प्रतिभा शर्मा चपाईको शव्द र प्रिय कुमारको संगीत रहेको छ । अर्जुन थापाको निर्देशनमा तयार पारिएको उक्त म्युजिक भिडियोमा गोबिन्द विवश, सरिता धनकुटी,सबिता कार्की,कञ्चन सारु मगर,रेनुका बराल लगायतको अभिनय तथा नृत्य हेर्न सकिन्छ। भिडियोको छाँयाकन तथा सम्पादन सुशील दांगीले गरेका हुन।

भिडियो थुमन शर्मा अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। यस गीत र भिडियोलाई पनि पहिलेकै गीत र भिडियोलाई जस्तै दर्शकश्रोताले माया, साथ र सपोर्ट गरिदिनु हुन्छ भन्ने कुरामा गायक थुमन शर्मा तथा टिम आशावादी रहेको कुरा बताए।

Leave A Reply

Your email address will not be published.