सुचना, समाचार र मनोरन्जन

‘रहेन केही’ भन्दै दर्शकमाझ आए भ्वाइस अफ नेपालका कार्की

काठमाडौं :

 ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ बाट चर्चा कमाउन सफल गायक प्रज्वल कार्कीको नयाँ गीत ‘रहेन केही’ सार्वजनिक भएको छ। गीतमा मिलन भट्टराईको शब्द र प्रज्वल कार्की तथा मिलन भट्टराईको संगीत रहेको छ भने एरेन्जमेन्ट अनमोल थापाले गरेका छन्।

लोकप्रिय जोडी अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठ अभिनित म्युजिक भिडियोमा प्रेम र धोका बीचको कथा प्रस्तुत गरिएको छ। भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्।

भिडियोमा दिनेश पराजुलीको छायांकन र विकास धमलाको सम्पादन रहेको छ। गीतकार मिलन भट्टराईको अफिसियल युट्युब च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो।

काठमाडौंमा रहेर आफ्नो सांगीतिक यात्रा अघि बढाइरहेका डडेल्धुराका उदयमान गायक प्रज्वल कार्कीको यसअघि पनि एक गीत सार्वजनिक भइसकेको छ।

Leave A Reply

Your email address will not be published.