सुचना, समाचार र मनोरन्जन

‘घोडा चढेर’दर्शकमाझ आए प्रकाश कुटवाल : घोडा चढेर लैजान दुर्गालाई प्रकाशको प्रस्ताव

काठमाडौं :

नेपालमा अहिले त घोडा चढेर हिड्ने मान्छे बिरलै भेटिन्छन्। नत्र सवारी साधनको रुपमा गाडी मोटर साइकल,हवाइजहाज चढ्न थालिएको छ। तर लोक तथा दोहोरी गायक प्रकाश कटुवालले ‘घोडा चढेर’ बोलको गीत लिएर दर्शकमाझ आएका छन्। यो गीतको भिडियोलाई गायक कटुवालले आफ्नै प्रकाश कुटवाल अफिसियल युट्युव च्यानलबाट रिलिज गरेका हुन्।

काँठे भाकाको यो गीत निकै रमाईलो तरिकाले प्रस्तुत गरेका छन्। यो गीत रोमाञ्चकसँगै नृत्य प्रधान शैलीमा तयार गरिएको छ । गीतमा गायक प्रकाश कटुवाललाई महिला स्वरमा गायिका दुर्गा सापकोटाले साथ दिएकी छिन्। माघ महिना सुरु हुँदैगर्दा अविवाहितका लागि गीतबाटै विवाहको प्रस्ताव राख्न सहज होस भनेर यो रमाईलो गीत सार्वजनिक गरिएको गायक प्रकाश कटुवालले बताएका छन्। गीतमा मन परेको प्रेमीकालाई घोडा चढेर जन्तीसहित आएर केटाले लाने कुरा गरिएको छ ।

sfal

यो माधुर्य गीतलाई विनोद ढकालले लेखेका हुन् । गीतमा संगीत भने गायक प्रकाश कटुवाले नै सृजना गरेका छन् । यो गीतमा संगीत सँयोजन कमल सुरागको छ भने कुमार रानाले मिक्सिङ र मास्टरिङ गरेका हुन् । गीतलाई मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो।विवाहको लागि सजाईएको जस्तो सुन्दर देखिएको घरको आँगनमा बसेर दोहोरी खेल्दै यो गीतको भिडियोलाई त्यत्तिकै रमाईलो बनाईएको छ। गीतमा केटाले केटी पक्षलाई बेहुली बन्न प्रस्ताव राखिएको छ । तर केटी पक्षले विभिन्न बहाना गरेको देखिन्छ । गायनसँगै मोडलहरुको नृत्य आकर्षक बनेको छ ।

यो गीतको भिडियोलाई काजिश श्रेष्ठको कोरियोग्राफी र निर्देशन मा काजिश गरेका हुन्। जसमा काजिश श्रेष्ठसँगै लोमस शर्मा, गीता ढुंगाना र यशु भट्टराइको मुख्य भूमिका रहेको छ । गीतको भिडियोमा अन्य कलाकारको पनि नृत्य एवम् अभिनय रमाईलो छ । गीत घोडा चढेरको भिडियोमा दुर्गा पौडेलको छायांकन, दिपक विष्टको सम्पादन रहेको, सरिता मगरको सृंगार रहेको छ । गीत र भिडियोलाई स्मृति म्युजिक प्रा.लि.ले निर्माण गरेको हो ।

Leave A Reply

Your email address will not be published.