सुचना, समाचार र मनोरन्जन

इनारमाथि चढ्न हुँदैनथ्यो भन्ने हेक्का भएन,मेरो अज्ञानताप्रति लज्जित छु : प्रकाश सपुत

काठमाडौं :

 वसन्तपुरमा रहेको जीवित देवी कुमारीले पानी प्रयोग गर्ने इनारमाथि नाँचेको भिडियो आलोचित भएपछि गायक प्रकाश सपुतले माफी मागेका छन् । उनले सामाजिक सञ्जालमार्फत जीवित देवी कुमारीले पानी प्रयोग गर्ने इनारमाथि नाचेको आफू लज्जित भएको बताएका हुन्।

Gokarna Karki

सामाजिक संजालमा स्टाटस लेख्दै उनले भनेका छन्,‘चार महिना अगाडि हामीले वसन्तपुरमा एउटा म्युजिक  भिडियोको छायांकन गर्ने क्रममा इनारमाथि थुप्रै मानिसहरू बसेर फोटो भिडियो बनाउँदै रमाइरहनु भएको थियो । सर्ट राम्रो हुने देखेपछि निर्देशक ज्यूले फ्रेम लगाउनुभयो । भीडभाडले गर्दा मानिसहरूलाई आवतजावतमा पनि समस्या हुने र टिमलाई काम गर्न पनि गाह्रो हुने भएकाले म कुनामा लुकेर बसेको थिए। एक्सन भनेपछि फुत्त उक्लिए र नाचिहाले । भएको यत्ति हो ।

यसमा मेरो कुनै व्यक्तिगत स्वार्थ, नियत वा उद्देश्य जोडिएको थिएन । यद्यपि हामीले तत्काल महशुश गर्यौँ र त्यसरी टेकेर नाचेको पुरै दृश्य भिडियोमा राखेनौ । अरु मान्यताहरु जस्तै बसेको दृश्य भिडियोमा छ । यो भिडियोको सर्जक, गायक, निर्माता र निर्देशक अरु नै हुनुहुन्छ, म होइन । म कलाकारको रुपमा त्यहाँ थिएँ र मलाई त्यसरी इनारमाथि चढ्न हुँदैनथ्यो भन्ने हेक्का त्यति खेर भएन । मेरो अज्ञानताप्रति लज्जित छु । विशेष गरेर यसलाई आफ्नो आस्था र विश्वास मान्दै आउनु भएको नेवाः समुदायप्रति क्षमा चाहन्छु । अन्जानबस यो दृश्यले संसार भरी रहनुभएका प्रिय शुभेच्छुकहरुलाई निराश बनाएकोमा म दुःखी छु ।’

Leave A Reply

Your email address will not be published.