सुचना, समाचार र मनोरन्जन

प्रकाश सपूतको ‘मुटु कटक्कै’ युटुबको शिर्षस्थानमा

काठमाडौंँ :

गायक प्रकाश सपूतले नयाँ गीत ‘मुटु कटक्कै’ रिलिज गरेको दुई दिनमा नै युटुबको शिर्षस्थानमा उक्लिएको छ। सोमबार सार्वजनिक गरेको गीतलाई दर्शकले अत्यधिक मन पराइदिएका छन्। यो समाचार तयार पार्दासम्म गीत युटुबको ट्रेण्डिङ २ मा आइपुगेको हो।

Pach Pandav

मायामा पीडाको कथा ब्यक्त गरिको गीतमा शब्द तथा संगीत गायक सपूतले नै गरेका छन् भने स्वरमा उनलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएका छन् । गीतको एरेन्ज सुदिप सागरले गरेका हुन् । यस अघिका गीतमा उनले कुनै न कुनै विवादित दृश्य समावेश गर्दै आएका थिए। यस पटक भने त्यसो गरेका छैनन्।

बरु उनले मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई नहुने विषय उठान गरेका छन्। सार्वजनिक गीतको भिडियोमा प्रकाश सपूत, कुशुम शर्मा, रोशनी कार्की, विजय पून लगायतको अभिनय रहेको छ। गीतको भिडियोलाई गायक सपुत आफैंले निर्देशन गरेका छन् भने छायांकन नवराज उप्रेतीको छ।

Leave A Reply

Your email address will not be published.