काठमाडौं :
‘नेपाली सिनेमामा मेरो तीन दशक लामो निर्माण अनुभवलाई ‘प्रतिज्ञा’मार्फत निर्देशनमा प्रस्तुत गर्दैछु। एउटा उत्कृष्ट कथावस्तु पाएकोले निर्देशनमा हाल हालेको हुँ,’उनले भने, ‘कथावस्तुले नै आकर्षित गरेर निर्देशन यात्रामा पाइला चाल्नु उपयुक्त लागेर याे कदम चाल्न लागेको हुँ ।’
सिनेमा हरि ओम सिनेमाज प्रा.लि. को ब्यानरमा निर्माण हुन लागेको हो। सार्वजनिक पोस्टरमा भगवान् शिवको विशाल स्वरूप, त्रिशूल देखिन्छ। साथै पोस्टरमा ‘जब प्रणाली न्याय दिन असफल हुन्छ, तब एउटा प्रतिज्ञा नै न्याय बन्छ,’भन्ने ट्यागलाइन राखिएको छ। जसले सिनेमा न्याय, संघर्ष र एउटा दृढ संकल्पको कथामा आधारित रहेको संकेत दिएकाे छ। फ्यामिली थ्रिलर जनरामा बन्ने सिनेमाको छायांकन आगामी तिहारको छेकोमा छायांकन गर्ने तयारी भइरहेको डेब्यु निर्देशक पोखरेलले बताए।