सुचना, समाचार र मनोरन्जन
Sarangi

पृथ्वीराज प्रसाईँ फिल्मको बारेमा भन्छन्,‘गाउँमै रहँदा नायिका अनु शाहसँग मेरो प्रेम हुन्छ’

काठमाडौं :

फिल्म ‘डोली’ रिलिजको झण्डै पाँच वर्षपछि नायक पृथ्वीराज प्रसाईं फिल्म ‘ईश्वर’मार्फत साउन ११ गतेदेखि दर्शकमाझ आउँदैछन्। निर्देशक राजु गिरी निर्देशित फिल्ममा उनी ‘सागर’ पात्रको भूमिकामा छन्।

‘सागर एक लभर ब्वाई हुन्छ । उसको बुवा नेगेटिभ क्यारेक्टरको भएकाले सुरुमा सागर पनि नेगेटिभ नै हुन्छ। तर पछि गएर ऊ पोजेटिभ क्यारेक्टरमा देखिन्छ’, पृथ्वीराज भन्छन्, ‘ईश्वर पारिवारिक कथाको फिल्म हो। म सहरमा बसेर गाउँ फर्किएको युवकको भूमिकामा छु । गाउँमै रहँदा नायिका अनु शाहसँग मेरो प्रेम हुन्छ।’

‘ईश्वर’मा काम गर्दा आफूलाई ‘ठीकै’ अनुभव भएको पृथ्वीराजको बुझाई छ। ‘यसअघिका फिल्ममा जति मेहनत गर्नु परेको थियो, यो फिल्ममा त्यति धेरै मेहनत गर्नु परेन’, उनी भन्छन् ।

अनुसँग पृथ्वीराजले केही भिडियोमा सहकार्य गरेका छन् । तर फिल्ममा चाहिँ ‘ईश्वर’ पहिलो हो । ‘भिडियोमा अनुसँग सहकार्य गरेकाले पनि यो फिल्ममा काम गर्दा अप्ठ्यारो भएन । हामीले सहजै आफ्नो काम पुरा गर्यौं’, उनी सुनाउँछन्।

पृथ्वीराजले ‘ईश्वर’मा निर्वाह गरेको चरित्र यसअघि उनले अभिनय गरेका फिल्ममा निभाएका थिएनन्।

‘यो क्यारेक्टर यसभन्दा अघि मैले फिल्ममा गरेको थिइनँ । क्यारेक्टरको लागि तयारी केही गरिएन । घरमै थिएँ । निर्देशक राजु गिरीले फोन गर्नुभयो । स्क्रिप्ट पढें अनि सिधै फ्लोरमा गएर काम सुरु गरें’, पृथ्वीराज भन्छन् ।

पृथ्वीराजका अनुसार फिल्म ‘डोली’ पछि उनलाई कुनै फिल्मबाट पनि अफर आएन।

‘म काम माग्न कतै पनि गइनँ । म आफ्नै व्यावसायिक काममा व्यस्त थिएँ । घर, व्यवसाय र जिममै समय बिताएँ । तर अफर आयो भने चाहिँ फिल्ममा काम गर्छु भन्ने सोच थियो’, उनी सुनिए ।

पृथ्वीराजलाई कमेडी जनराको फिल्ममा काम गर्ने इच्छा रहेछ। ‘किस्मत २ मा एक्सन, मंगलममा फ्यामिली ड्रामा र वीरंगनामा एक्सन गरियो । डोलीमा एउटा कन्टेन्टमा काम गरियो । अब कमेडी जनरामा काम गर्ने मन छ’, उनी भन्छन् ।

Leave A Reply

Your email address will not be published.