सुचना, समाचार र मनोरन्जन

घिमिरेको लेखन निर्देशनमा वेभ सिरिज ‘मोड’ बन्ने

काठमाडौं :

 किरण माइकल घिमिरेको लेखन निर्देशनमा वेभ सिरिज ‘मोड’ बन्ने भएको छ। सम्पूर्ण छायांकन अष्ट्रेलियामा रहेन यो सिरिजको हाल प्रि प्रोडक्सनको काम भइरहेको निर्देशक घिमिरेले बताए।

Pach Pandav

करियरको दुई दशक लामो समय सांगितिक र फिल्मी क्षेत्रमा खर्चिएका घिमिरे हाल अष्ट्रेलियामा छन्। यो बीचमा उनले दर्जन बढि नेपाली फिल्मको कथा लेखनको काम गरिसकेका छन् । सोहि अनुभवलाई लिएर ‘वेभ सिरिज’ निर्माण निर्देशनमा जुटेको घिमिरेले बताए।

‘मोड’ नाम दिईएको यो सिरिजले वैदेशिक ग्रिनकार्ड, प्रेम र विवाहसम्मको कथावस्तु पेश गर्नेछ। १८ महिना लगाएर लेखिएको भनिएको यो सिरिज आध्या प्रोडक्सन अष्ट्रेलियाको ब्यानरमा तयार हुनेछ। ९ एपिसियोडमा तयार हुने सिरिजमा १२ वटा ओएसटी समावेश हुने घिमिरेले बताएका छन्।

सेप्टेम्बर दोस्रो साताबाट छायांकनमा जाने सिरिजमा हालसम्म आकाश पल,अभी सुनार,पवित्रा केसी र रमेश सेन्चुरी प्रमुख कलाकारमा फाइनल हुँदा अन्य कलाकारहरूको अष्ट्रेलियामै खोजी भइरहेको निर्माण टिमले बताएको छ। ओटिटी प्लेटफर्ममा रिलिज गरिने यो सिरिजलाई अर्को बर्ष दर्शकमाझ ल्याउने बताइएको छ।

Leave A Reply

Your email address will not be published.