सुचना, समाचार र मनोरन्जन

प्रियजनको संगीतमा बन्यो ‘घाम छाँया’

काठमाडौं :

पुर्वेली लोक गायक तथा संगीतकार प्रियजन राईपछिल्लो समय गीत संगीतमासक्रिय रहदै आएका छन्। उनले तिहारकोको छेको पारेर नयाँ गीत पुर्वेली गीत स्रोतामाझ पस्किएका छन्। उनको संगीतमा बनेको गीत ‘घाम छायाँ’मा स्वर राजेश पायल राई र मनमा बिराईको छ। जुन गीतलाई पुर्वेली दर्शकले मन पराएका छन्। गीतलाई मंगल राईले लेखेका हुन्।

Chaka Panja

गीतको भिडियोमा प्रियजन राईकै निर्देशन रहेको छभ ने कोरियोग्राफी आशिष राईको छ। तेह्रथुम, इटहरी, धनकुटा, धरान लगायतका पूर्वी भेगमा छायांकन गरिएको गीतको गीतको भिडियोमा उमेश राई (फुलन्देकी आमा), सीता राई, अनुप राउत, शिसम राई लगायतको अभिनय देख्न सकिन्छ ।

भिडियोमा ड्रोन सट भिम बहादुर तामाङले लिएका हुन् भने छायांकन, सम्पादन र कलरको काम गंगाराम राईले गरेका छन् । गत बिहीबार ललितपूरमा आयोजित एक कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार एवम् संस्कृतिविद् जितेन राईले गीतको भिडियो सार्वजनिक गरेका थिए । दर्शकले यो गीतको भिडियोलाईसुम्निमा पारुहाङ म्यूजिक यूट्युव च्यानलबाट हेर्न सक्नेछन्।

Leave A Reply

Your email address will not be published.