सुचना, समाचार र मनोरन्जन

प्रियंकाको ‘मास्टर्नी’ लाई दुर्गेशले दिए आफ्नै खर्चमा गीत उपहार

काठमाडौं :

अभिनेत्री प्रियंका कार्की र गायक दुर्गेश थापाबीचको व्यावसायिक तथा व्यक्तिगत सुमधुर सम्बन्धका कारण फिल्म ‘मास्टर्नी’ को नयाँ प्रमोसनल गीत उपहार स्वरूप प्राप्त भएको छ। चर्चित गीत ‘दुश्मन हेरेको हेर्‍यै’ पछि थप नजिकिएका यी दुई कलाकारबीचको बलियो सम्बन्धकै कारण दुर्गेशले प्रियंकाद्वारा पहिलो पटक निर्मित यस फिचर फिल्मका लागि आफ्नै खर्चमा गीत तयार पारिदिएका हुन्।

मंगलबार काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त प्रमोसनल गीतमा दुर्गेश थापाकै शब्द, संगीत तथा स्वर रहेको छ भने उनलाई गायिका बबिना किरातीले साथ दिएकी छन्। अडियो र भिडियो दुवै आफ्नै खर्चमा कोसेली स्वरूप तयार पारेका दुर्गेशले फिल्मको देशव्यापी कन्टर्समा समेत बिना कुनै पारिश्रमिक सहभागी हुने प्रतिबद्धता जनाएका छन्। प्रदीप लामाको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा दुर्गेशसँगै प्रियंका कार्की, आयुष्मान देशराज जोशी र आर्यन सिग्देल फिचर्ड छन्।

आगामी भदौ ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘मास्टर्नी’ लाई शुभेन्द्र घोषले निर्देशन गरेका हुन्। प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की निर्माता रहेको यस फिल्ममा प्रियंका कार्की, सरोज खनाल, गौरी मल्ल, आर्यन सिग्देल, अनुप विक्रम शाही लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।

 

Leave A Reply

Your email address will not be published.