सुचना, समाचार र मनोरन्जन

पोखरा पर्यटन परिषद्को कोषाध्यक्षमा कृष्णप्रसाद आचार्य

पोखरा,

पोखरा पर्यटन परिषद् (पीटीसी) को आर्थिक व्यवस्थापनको जिम्मेवारी पर्यटन व्यवसायी कृष्णप्रसाद आचार्यले पाउनुभएको छ। ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीका निवर्तमान अध्यक्ष आचार्य परिषद्को कोषाध्यक्षमा चयन हुनुभएको हो।

Pach Pandav

परिषद्को २६औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनबाट हरि भुजेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो। अधिवेशनबाट अध्यक्षसहितका पदाधिकारी चयन भए पनि बाँकी जिम्मेवारी टुङ्ग्याउने क्रममा आचार्यलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको हो।

पर्यटन व्यवसायमा लामो अनुभव सँगाल्नुभएका आचार्यको परिषद्मा प्रवेशसँगै आर्थिक व्यवस्थापन तथा संस्थागत गतिविधिमा थप सक्रियता आउने अपेक्षा गरिएको छ। पर्यटन क्षेत्रका विभिन्न संस्थामा रहेर काम गरिसक्नुभएका उहाँको अनुभवलाई परिषद्ले उपयोग गर्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.