काठमाडौं :
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘उपहार’टिम काठमाडौंपछि बनेको हलमा पुगेका छन्। सोमबार फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्री पूजा शर्मा, वितरक करण श्रेष्ठ ‘क्रेजी’ र कलाकार अंशु थापा सहितको टिम बनेपाको शुभकामना हल पुगेका हुन्स हलमा पुग्दा उपहार हेर्ने दर्शको घुँइचो रहेको थियो।
अभिनेत्री पूजा शर्मा फिल्म रिलिज भएपछि हरेक दिन दर्शकको प्रतिक्रिया बुझ्न हल–हल पुगिरहेकी छन् । यही क्रमलाई निरन्तरता दिँदै उनी सोमबार फिल्मको टिमसहित बनेपाको शुभकामना हल पुगेको अभिनेत्री शर्र्माले बनाइन्। शुभकामना हलका सञ्चालक दुर्गा प्रधानले सोमबार फिल्म राम्रो चलेको प्रतिक्रिया दिए। फिल्मको टिम नै हलमा आएपछि भोलिदेखि हलमा अझ अकुपेन्सी बढ्नेमा आफू ढुक्क रहेको दाबी गरे ।
रेखा फिल्मस र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन छ ।
फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।
बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको छ ।