सुचना, समाचार र मनोरन्जन

पुजा शर्माको ‘रावायण’मा एयरलाइन्स पार्टनरका रुपमा जोडियो यति एयरलाइन्स

काठमाडौं :

अभिनेत्री पुजा शर्माले निर्माण गरिरहेको फिल्म ‘रावायण’को छायांकन नसकिदै विभिन्न ब्रान्डहरु फिल्मसँग जोडिन थालेका छन्। फिल्मको स्टार कास्ट र निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्ट भएको कारण पनि धेरै ब्रान्ड फिल्मसँग जोडिन चाहिरहेका छन।

यही क्रममा यति एयरलाइन्स एयरलाइन्स पार्टनरका रुपमा फिल्ममा जोडिएको छ। बिहिबार यति एयरलाइन्सका प्रतिनिधिसँग निर्माता तथा नायिका पूजा शर्माले सहकार्यको सम्झौता गरेकी छन्। अभिनेत्री शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो फिल्मका लागि यति एयरलाइन्स जोडिएको जानकारी दिएका हुन्।

यस फिल्ममा पूजाका अलवा पल शाह, प्रमोद अग्रहरी, प्रियंका कार्की, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतका कलाकारको अभिनय छ। शिवम् अधिकारीले लेखेको फिल्ममा सौरभ लामाको छायांकन,समीर मियाँको भीएफएक्स, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व छ।

फिल्मको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको हो । फिल्म वितरण काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ । फिल्मको डिजिटल पार्टनर ओएसआर डिजीटल हो । सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्मका निर्माता सुदर्शन थापा र पूजा शर्मा हुन् । फिल्म यसै वर्षको भदौ २१ गते तिजको दिन रिलिज हुँदैछ ।

Leave A Reply

Your email address will not be published.