सुचना, समाचार र मनोरन्जन

पूजा शर्मा अभिनित ‘दान्भी’को रिलिज मिति तोकियो

काठमाडौं :

महाशिवरात्री तथा अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर फिल्म ‘दान्भी’को प्रदर्शन मिति तय गरिएको छ। रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्मलाई आउँदो बर्षको जेठ १० गतेबाट नेपालभर रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ।

Chaka Panja

जेठ १० गते बुद्ध जयन्तीको सार्वजनिक बिदा समेत भएकाले फिल्म बिहिबारबाट नै रिलिज हुनेछ। एक्सनप्रधान यो फिल्ममा नायिका पूजा शर्मा केन्द्रिय भूमिकामा छिन् । फिल्मको टिजर सार्वजनिक भएपछि यसको चर्चा पनि चुलिएको थियो ।

फिल्मको छायांकन नेपाल र भारतमा गरिएको छ। देव मगर, अनुप गडाल निर्माता रहेको यो फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन्।

यो फिल्ममा पूजाको जोडीको रुपमा कुन्साङ बोमजमले अभिनय गरेका छन्। फिल्ममा किरण श्रेष्ठको पनि मुख्य भूमिका छ । लभ स्टोरी फिल्ममा रुचाइएकी नायिका पूजा शर्माले पहिलो पटक ‘दान्भी’ मार्फत आफूलाई एक्सन लयमा उभ्याएकी हुन्। निर्माणपक्षले वितरकसँग सल्लाहा गरेर राम्रो मितिमा फिल्म प्रदर्शन गर्न लागेको बताएको छ।

Leave A Reply

Your email address will not be published.