सुचना, समाचार र मनोरन्जन

पूर्वी नाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

झापा,

पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भयो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम छ ।

गत आवको उक्त अवधिमा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियो । यो चालु आर्थिक वर्षमा रु ८३ करोड १७ लाख ६२ हजारले कम निर्यात भएको हो ।

Leave A Reply

Your email address will not be published.