सुचना, समाचार र मनोरन्जन

‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत ‘दाहिने हातैमा’मा

काठमाडौं :

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत सार्वजनिक भएको छ। निर्माणपक्षले दोस्रो गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो। ‘दाहिने हातैमा’मा बोलको गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । गीतले फिल्मका प्रमुख पात्रहरूको जीवनको कथा भनेको छ। रातबिहान होस् वा घाम अथवा झरी रुझ्दै र घाममा टट्दिै गाउँगाउँ हिँड्नु परेको गन्दर्भको यथार्थ गीतले प्रष्ट पारेको छ।

गीतले दुःख मात्रै होइन प्रेमको कुरा पनि गरेको छ। लुकीलुकी चौतारीमा मायालुसँग भेटेको प्रसंग गीतले समेटेको छ। मायालुको बखान गरेको गीतले मायाको छेउमा पुग्दा सपनीबाट ब्युझिएको प्रष्ट पार्दै ड्रिम सिक्वेन्स भएको जानकारी दिएको छ।

यो गीत सुनाउँदै गर्दा फिल्ममा मुख्य पात्र विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, देशभक्त खनाललगायत कलाकार देखिन्छन्। उनीहरू घरघर गएर गीत गाइरहेको भिडियोमा देखिन्छ। यसअघि, फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘काँधेकुरी’ सार्वजनिक भएको थियो।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा कात्तिक १५ गते रिलिज हुँदैछ। फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ।

फिल्मको थिम पोस्टरले नै उत्सुकता जगाएको फिल्मको टिजर सार्वजनिक भएपछि हाइप बढाएको छ। टिजरले नै प्रतिक्षित बनाएको चलचित्रको गीत पनि मर्मस्पर्शी रहेका छन्।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको यस फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन्।

यो फिल्मलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ। सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।

सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन्। विनोद र प्याट्रिकको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन्।

फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।

Leave A Reply

Your email address will not be published.