सुचना, समाचार र मनोरन्जन
IVF New Banner

‘पुर्णबहादुर साराङ्गी’को कमाई सर्वाधिक भएपछि बोर्डमा बढ्यो फिल्म निर्माणको इजाजत लिनेको संख्या

काठमाडौं :

यो वर्ष केहि फिल्मले सर्वाधिक व्यापार गरेपछि फिल्ममा लगानी गर्नेको चाप बढेको छ। फिल्म ‘पुर्णबहादुरको साराङ्गी’ले घरेलु बक्स अफिसमा झण्डै ५० करोडको व्यापार गरेको छ। यता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’,दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा ५’ले २१ करोड भन्दा बढि व्यापार गरेपछि पुराना तथा नयाँ निर्माता फिल्ममा लगानी गर्न हौसिएका छन्।

Safal
IVF Post

उनीहरु फिल्ममा लगानी गर्न उत्साहित देखिएका छन्। गत भदौदेखि मंसिरसम्मको मात्र चलचित्र विकास बोर्डबाट ६० वटा फिल्मका निर्माताले निर्माण इजाजत लिएका छन्।

फिल्म ‘नाका’, ‘हल्कारा’, ‘होल टाइमर्स’,‘एभ्रिथिङ्नेस’ र ‘द याक हर्डर’,‘अज्ञात’,‘मन विनाको धन ठूलो कि धन विनाको मन’,‘बुवा’, ‘कर्मा’,‘सिक्का’,‘ख्या’का अलवा अलवा निश्चल बस्नेतको एक्सन फिल्म ‘ड्यानी डेन्जरस’लगायत ६० वटा भन्दा बढि फिल्मले निर्माण इजाजत लिएका छन्। फिल्मको निर्मााणसँगै फिल्मका अभिनेता तथा अभिनेत्रीसँगै प्राविधिकहरुलाई काम गर्न यो वर्ष भ्याई नभ्याई हुने देखिन्छ।

Leave A Reply

Your email address will not be published.