सुचना, समाचार र मनोरन्जन
Sarangi

पोखरामा पुष्प प्रदर्शनी मेला सुरु

पोखरा । 

पोखरामा पुष्प प्रदर्शनी मेला सुरु भएको छ । शुक्रवार पोखराका मेयर धनराज आचार्यले मेलाको उद्घाटन गरेका हुन् । फ्लोरिकल्चर एशोसियसन अफ् नेपाल (फ्यान) ले चौथो संस्करणको पुष्प मेला शुक्रवारदेखि सुरु गरेको हो ।

मेलामा विभिन्न प्रजातिको फूलका लागि २० वटा व्यावसायिक स्टल राखिएका छन् भने २ वटा कृषि सामग्रीको स्टल छ । पोखरसहित प्रदेशका व्यावसायिक किसानले उत्पादन गरेका फूल प्रदर्शनी र विक्रीका लागि राखिएको छ ।

मेयर आचार्यले पुष्प व्यवसायको प्रवर्द्धनका लागि महानगर प्रतिबद्ध रहेको बताए । पोखरालाई आवश्यक पर्ने फूलको उत्पादनमा महानगर सहकार्य गर्न तयार रहेको उनको भनाई छ ।  यो वर्ष तिहार लक्षित फूल उत्पादनका लागि बिउमा ५० प्रतिशत अनुदान दिइएको छ । मेला सोमबारसम्म चल्नेछ ।
Leave A Reply

Your email address will not be published.