सुचना, समाचार र मनोरन्जन

लिम्बु भाषाको ‘ए फुंङ्’को लिरिकल भिडियो सार्वजनिक

काठमाडौं :

मानिसको सभ्यता र संस्कृतिको कसी सर्वप्रथम भाषा नै हो। विभिन्न जाति र समुदायहरुको आआफ्नै भाषाहरु हुन्छन्। त्यस्तै नेपालमा पनि आदिवासी जनजातिहरुको आआफनै भाषाहरु छन्। नेपालका अरु अरु भाषाहरु जस्तै पछिल्लो समयलाई हेर्दा लिम्बु जातिको भाषा लोप हुदै गइरहेको अवस्था छ।

बहुसंख्यक लिम्बुहरुमा यस पछिल्लो चरणलाई हेर्दा उनीहरु दिनानुदिन आफ्नो भाषा छोड्दै गईरहेको देखिन्छ । यसको मुख्य कारण भनेको आफ्नो तात्थलो छाडेर अन्यत्र स्थायी रुपमा बसाई सर्नु हो । लामो समय देखि अमेरिकालाई कर्मथलो बनाउदै आउनु भएका चलचित्र निर्देशक किशोर सुब्बाले आफ्नो मातृभाषा लोप हुनुको मुख्य कारण पहिलो अभिभावकहरु सचेत नहुनु र दोस्रो कुरा युवा पुस्ताहरु जहाँको संस्कारमा हुर्किनु।

Pach Pandav

त्यहीको भाषा, संस्कृति र संस्कार अंगाल्ने हुँदा सन्सारको जुनसुकै कुनामा पुगेपनि आफ्नो जातीय संस्कार, संस्कृति र भाषाको संरक्षण गर्नुपर्छ भन्ने सन्देशमूलक लिम्बु भाषाको आधुनिक गीत ‘ए फुंङ्’को लिरिकल भिडियो जेपिजे इन्टरटेन्टमेन्ट च्यानल मार्फत सार्वजनिक भएको छ। शब्द विवस वेनाम, स्वर मनी ताम्लिङ्ग,दीपा सुहाङ्गको रहेको गीतको संगीत, एरेन्ज, मिक्सिङ्ग रेकर्डिङ्ग मनी ताम्लिङ्गले गरेका छन्।

मन्दिल श्रेष्ठ यसका सम्पादन रहेको छ भने निर्माण तथा निर्देशन किशोर सुब्बाको छ। जेपिजे ईन्टरटेनमेन्ट, न्युयोर्कको सहकार्यमा म्युजिक भिडियो आगामी तिहार लगतै सार्वजनिक गरिने निर्देशक सुब्बाले बताए।

Leave A Reply

Your email address will not be published.