सुचना, समाचार र मनोरन्जन
Sarangi

दक्षिण भारतीय फिल्म ‘पुष्पा २’को प्रदर्शन मिति पोस्टपोन्ड

काठमाडौं :

दक्षिण भारतीय फिल्म ‘पुष्पा २’को प्रदर्शन मिति पोस्टपोन्ड भएको छ। आगामी ३१ साउनमा प्रदर्शन हुने भनिएको फिल्म अचानक रिलिज रोकिएको हो। पुष्पराज र श्रीवल्लीबीचको जादुयी केमेस्ट्री हेर्नका लागि आतुर रहेका दर्शकलाई निराश बनाएको हो। तर केहि समयपछि अर्को रिलिज मिति तोकिने निर्माण पक्षको भनाई छ।

तेलुगु ३६० को रिपोर्टअनुसार, सुकुमारको एक्सन फिल्मको रिलिज स्थगित हुनुमा सुकुमार र उनको टोलीले सिक्वेलका लागि केही दृश्य पुनः डिजाइन गरेका छन् । सोही कारण अहिले उक्त फिल्मको धमाधम सिनहरु छायांकन चलिरहेको छ।

यो फिल्मको दृश्य सम्पादक कार्तिक श्रीनिवासले मनमुटावका कारण छाडेको बुझिएको छ। उनले छाडेपछि अहिले नवीन नुली फिल्मको फाइनल कटको काम गरिरहेका छन्।

भारतिय मिडियाका अनुसार किन फिल्मको प्रदर्शन मिति रोकिएको हो भन्ने बारेमा यसका निर्देशक तथा कलाकारले भने पुष्टि गरेका छैनन् । अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर ‘पुष्प २ ः द रुल’ सन् २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पा ः द राइज’को दोस्रो सिक्वेल हो। यी दुबै फिल्मको निर्देशक सुकुमार रहेका छन्। दुवै फिल्म हलमा लागेका खण्डमा निर्देशकलाई तनाव हुने देखिन्छ।

Leave A Reply

Your email address will not be published.