सुचना, समाचार र मनोरन्जन
Sarangi

भ्वाइस किड्स’ सिजन ३ को भव्य प्रिमियर

काठमाडौं :

चर्चित गायन रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ३ को प्रिमियर भएको छ। बुधबार वान सिनेमाज हलमा आयोजित प्रिमियर समारोहमा प्रसारण च्यानल हिमालय टिभी र प्रायोजकबीच लिखित सम्झौता गर्दै प्रिमियर गरिएको हो।

सिजन ३ को मुख्य प्रयोजक वात्सालय नेचुरल आइभीएफका प्रबन्ध निर्देशक प्रशान्त सुवेदी र हिमालय टिभीका अध्यक्ष धर्मराज भुषालले सम्झौता पत्रमा हस्ताक्षर गर्दै लिखित सम्झौता भएको छ। उक्त प्रिमियरमा कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलका अलवा शोका जजहरु प्रमोद खरेल र छेवाङ लामा पनि सहभागि थिए । यस शोमा प्रमोद र छेवाङबाहेक मेलिना राई र मिलन नेवार पनि जजको रुपमा रहेका छन्।

शुक्रबार राती ८ बजेदेखि हिमालय टिभीमा ब्लाइन्ड अडिसनदेखि सुरु हुनेछ भने ब्लाइन्ड अडिसनबाट ४८ जना प्रतिस्पर्धी छनोट हुनेछन्।
द ब्याटल, लाइभ शो, सेमीफाइनल र फिनाले तय छन् । साउन ३२ गते हुने फिनालेमा तेस्रो सिजनले विजेता पाउनेछ ।

दुई महिना चल्ने तेस्रो सिजनमा नयाँ विशेषता थपिएको छ । ‘भ्वाइस अफ नेपाल’मा जस्तै यो सिजनदेखि भ्वाइस किड्समा पनि पहिलोपटक कोचलाई ब्लकको अधिकार प्रदान गरिएको कार्यक्रममा जानकारी दिइयो। तेस्रो सिजनलाई रोनिस्मा श्रेष्ठले होस्ट गर्नेछिन् ।

Leave A Reply

Your email address will not be published.