काठमाडौं :
नेपाली संगीत क्षेत्रमा नयाँ रंग थप्दै चर्चित गायक तथा संगीतकार पुष्कर सुनुवार र गायिका सुनिता राई को स्वरमा आधुनिक गीत ‘तिम्रो मायामा’ शुक्रबार सार्वजनिक गरिएको छ।
यस गीतमा शब्दकार देवेन्द्र बराल को लेखन र संगीत र एरेञ्ज स्वयं पुष्कर सुनुवारले तयार पारेका छन्। गीतको मिक्सिङ र मास्टरिङ कार्य विप्लव अधिकारी द्वारा सम्पन्न गरिएको छ, जसले गीतलाई प्रफुल्लित र आधुनिक स्वरूप दिएको छ।
गीतको भिडियोलाई मरुभूमि नारायणले छायांकन गरेका छन् भने सम्पादन मोहन सुनुवारले गरेका छन्। भिडियोमा स्वरदाताहरू पुष्कर सुनुवार र सुनिता राईलाई समेत देख्न सकिन्छ। पोस्ट प्रोडक्सन मेलोडी नेपाल अनामनगरमा सम्पन्न भएको छ। पुष्कर(सुनिताको जोडी नेपाली संगीत क्षेत्रमा लामो समयदेखि लोकप्रिय रहँदै आएको छ। नयाँ गीत ‘तिम्रो मायामा’ ले अहिलेको संगीत बजारमा नयाँ ऊर्जा थप्ने आशा गरिएको छ।
गायक सुनुवार भन्छन्,‘संगीत र शब्दको सन्तुलन, र आधुनिक मिक्सिङले यो गीतलाई धेरै मन पर्ने छ।’ नेपालको संगीत प्रेमीहरूले नयाँ गीतका लागि उत्साह देखाइरहेका छन्। यो गीतले सांगीतिक रचनात्मकता र प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गरेको छ भन्ने प्रतिक्रिया व्यापक रूपमा आइरहेको छ।
