सुचना, समाचार र मनोरन्जन

‘पुतली’ गीतलाई ३ करोडभन्दा बढी दर्शकको माया

काठमाडौं :

साहित्यकार भीष्मराज फुलाराका शब्द र पछिल्लो पुस्ताका चर्चित संगीतकार राजेन्द्र बजगाईंको संगीतमा तयार भएको ‘पुतली’ गीतले छोटो समयमै ३० मिलियन (३ करोड) भन्दा बढी भ्युज हासिल गर्दै उत्कृष्ट सफलता पाएको छ।

गायक आशिष अविरल र गायिका एलिना चौहानको सुमधुर स्वरमा रहेको गीतमा बलिउडका लोकप्रिय संगीत संयोजक निषाध चन्द्राले एरेन्ज गरेका छन्। उनले ‘सञ्जु’, ‘रईस’, ‘जब तक है जान’ का गीतहरू तथा ‘मै भी बढिया तु भी बढिया’ र ‘किस किसको प्यार करूँ–२’ जस्ता चर्चित भारतीय गीतमा संगीत संयोजन गरिसकेका छन्। ‘पुतली’को मिक्सिङ र मास्टरिङ आशिष अविरलले नै गरेका हुन्।

गीतको सफलतामा खुसी व्यक्त गर्न ‘पुतली’को म्युजिक टिमले काठमाडौंको अनामनगरस्थित ‘म्युजिक किचेन’ स्टुडियोमा केक काटेर सेलिब्रेशन गरेको थियो।

सुनिल विकको निर्देशन रहेको गीतको भिडियोमा प्रदीप लामा र जुना सुन्दास मुख्य भूमिकामा छन्। साथै अनिशा क्षेत्री, लाक्पा लामा, तनुजा बुढामगर, सुमित राजबंशीलगायत कलाकारहरूको पनि अभिनय रहेको छ।

भिडियोमा शियोन श्रेष्ठको कोरियोग्राफी, अनिल के. मानन्धरको छायांकन, राजु लामाको सहायक छायांकन, अविनाश मानन्धरको ड्रोन, प्रवीन भट्टको सम्पादन तथा मिलन विश्वकर्माको कलर ग्रेडिङ समावेश गरिएको छ। त्यस्तै ज्योति केसी र नवीन खड्काले मेकअप तथा निर्मल न्यौपानेले प्रोडक्सन हेरबेरा गरेका छन्।

गीतका प्रोड्युसर प्रकाश घिसिङ र अरुण तिवारी हुन्। ‘पुतली’ म्युजिक भिडियो एपी चलचित्र प्रोडक्सनको युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।

‘पुतली’को अपार सफलतापछि सोही टिम अर्को नयाँ गीत ‘बिजुली’ निर्माण तयारीमा जुटेको छ।

Leave A Reply

Your email address will not be published.