सुचना, समाचार र मनोरन्जन

रचना रिमालले भनिन्,‘५ दिन उपचार गर्दा स्वास्थ्यमा केहि सुधार देखिएपछि हस्पिटलबाट डिस्चार्ज भएँ’

काठमाडौं :

पछिल्लो समय सांगीतिक कार्यक्रमका लागि व्यस्त गायिका हुन् रचना रिमाल। उनी देश तथा विदेशका अधिकांश कार्यक्रमका लागि रोजाईमा पर्दै आएकी गायिका हुन्।

सांगीतिक कार्यक्रमको सिलसिलामा रुकुम पुगेकी रचनालाई अचानक स्वस्थ्यमा समस्या आएपछि त्यहीँको स्थानिय अस्पतालमा भर्ना भएकी थिइन्। उनी गत जेष्ठ २६ गते दिउँसो साङ्गितिक कार्यक्रमको लागि रुकुम पुगेकी थिइन् । उनको कार्यक्रम २७ गतेको थियो। त्यसका लागि उनी अघिल्लो दिन नै सो स्थानमा पुगेकी हुन्। उनी पुगेको राती नै विरामी भएपछि स्थानिय अस्तालमा उपरार्थमा लागेकी थिइन्। तर निको नभएपछि सेनाको हेलिकप्टरबाट  रुकुमबाट सेनाको हेलिकप्टरबाट नेपालगंज विमान्स्थलसम्म ल्याईएपछि बुद्द एयरको जहाज मार्फत तत्काल काठमाडौं ल्याइएको थियो। उनका अनुसार एयरपोर्टबाट सिधै ह्याम्स हस्पिटलको एम्बुलेन्सबाट एमरजेन्सिमा भर्ना गरि उपचार थालिएको थियो।रुकुमको चौरजाहरि अस्पतालमा संका गरिएको जस्तो एपेन्डिक्सको समस्या नभै अन्य आन्द्राको संक्रमण भएको पुष्टि भएको उल्लेख गरेकी छन्।

‘चिकित्सकहरुको निरन्तर निगरानीमा ह्याम्स हस्पिटलमा भर्ना भै ५ दिन उपचार गर्दा स्वास्थ्यमा केहि सुधार देखिएको छ र हिजो साँझ हस्पिटलबाट डिस्चार्ज समेत भैसकेको छ,’उनले लेखेकी छन्,‘हाल चिकित्सकको सल्लाह अनुसार घरमै आराम र थप स्वास्थ्य लाभ गरिरहेको जानकारी गराउँदै हाललाई पुर्व निर्धारित सम्पुर्ण कार्यहरु केहि समयलाई थाति राख्दै छिटोभन्दा छिटो पुर्ण स्वास्थ्य लाभ सहित हजुरहरुमाझ प्रस्तुत हुने विश्वास व्यक्त गर्दछु।’

उनले आफुलाई हेलिप्टर उपलब्ध गराउने सबैलाई धन्यवाद दिएकी छन्।

उनले अगाडी भनिन्,‘राति खाना खाई सुते पश्चात् बिहान १ बजेबाट अचानक पेटमा अत्याधिक दुखाईको महशुस भयो जुन निरन्तर ३–४ घण्टासम्म जारि रहयो। मैले आयोजकको दादाहरुलाई खबर गरे र हामि उपचारकोलागि चौरजाहरि अस्पताल गयौँ। त्यहाँ विभिन्न परिक्षण पश्चात् चिकित्सको आग्रह अनुसार सकेको छिटो एपेन्डिक्सको अपरेशन गर्नुपर्छ भन्ने सल्लाह भयो। त्यसपछि म अन्यौलमा परे। रातिदेखिको त्यो पिडा,नयाँ ठाउँ,एक्कासी त्यो अवस्थाले म त्यो केहि सोच्न सक्ने अवस्थामा थिईन्।’

उनले माननीय रक्षा मन्त्री मानबिर राई,माननीय महेश वर्तौला र नेपाली सेनाका प्रधानसेनापतिलाई धन्यवाद दिएकी छन्।

Leave A Reply

Your email address will not be published.