सुचना, समाचार र मनोरन्जन

गायक महेन्द्रराज बराल र रचना रिमालको ‘पुकुली माया’ सार्वजनिक

काठमाडौं :

लोकप्रिय गायक महेन्द्रराज बराल र गायिका रचना रिमालको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘पुकुली माया’ सार्वजनिक गरिएको छ। प्रेमिल भाव बोकेको यो रोमान्टिक तथा सन्देशमूलक गीतको भिडियो औपचारिक रूपमा बजारमा ल्याइएको हो।

डा. देवेन्द्र आचार्यको शब्द रचना रहेको यस गीतमा राजेन्द्र बजगाईंको संगीत रहेको छ। गीतको संगीत संयोजन भारतका संगीतकर्मी निषाद चन्द्रले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङको काम मनोज परियारले सम्हालेका छन्।

गीतको भिडियोमा नृत्य निर्देशक ९कोरियोग्राफर० समेत रहेका राहुल शाह र सुरक्षा इटानीको मुख्य अभिनय देख्न सकिन्छ। अनिल के। मानन्धरले छायांकन गरेको यस भिडियोलाई दिनेश पौडेलले सम्पादन गरेका हुन् भने भिडियोको निर्देशन सुनील विकेले गरेका हुन्।

Leave A Reply

Your email address will not be published.