सुचना, समाचार र मनोरन्जन

‘थोपा’बोलको गीतमा भावुक बनिन् रचना रिमाल

काठमाडौँ :

चर्चित गायिका रचना रिमालको स्वर रहेको ‘थोपा’ बोलको गीत सार्वजनिक भएको छ। निर्माण टिमले गीतको भिडियो सहित सार्वजनिक गरेको हो। नविन श्रेष्ठको शब्द सिर्जना रहेको सार्वजनिक गीतमा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको छ ।

Chaka Panja

जसमा राहुल प्रधानको एरेन्ज रहेको छ। भिडियोले प्रेमीले धोका दिएपछि एक्लीएकी प्रेमीकाको विरहको कथालाई निर्देशक गौरब गिरीले कलात्मक शैलीमा भिडियोमा देखाएका छन। सुदुरपश्चिमको रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा आर के परियार, अनुजा सिंह र मिसेल घिमिरेको अभिनय देख्न सकिन्छ । सन्तोस तामाङको सिनेमाटोग्राफी , भद्रजंग कुँवरको सम्पादन रहेको गीतको भिडियोमा कलरिङ श्याम कुँवरको छ ।

गीतको भिडियोलाई संगीतकार श्रेष्ठको यट्युब च्यानलमार्फत हेर्न सकिन्छ। केही समयअघि मात्रै संगीतकार श्रेष्ठले अञ्जु पन्तको स्वरमा हिन्दी गीत ‘जिन्दगीकी राहो मे’को भिडियो सार्वजनिक गरेका थिए।

Leave A Reply

Your email address will not be published.