सुचना, समाचार र मनोरन्जन

डेभिड र भावनाको गीतमा छमछम नाचे राजेश र मन्जु (भिडियो सहित)

काठमाडौं /

हिन्दु नारीहरुको महान चाड तीज नजिकदै गर्दा तीजका गीतहरु सार्वजनिक हुने क्रम बढेको छ। यसै क्रममा गायिका भावना आचार्य र गायक डेभिड शंकरको स्वरमा रहेको नयाँ तीज गीत भिडियो सार्वजनिक गरिएको छ।

सार्वजनिक ’घर आँगनमा नाच फरर’ बोलको गीतमा गायिका भावनाकै शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा महानायक राजेश हमाल र मन्जु थापा फिचर्ड छन् ।भिडियोमा महानायक हमाल र मोडल मन्जुको केमेस्ट्रि सुहाएको छ। भावना आचार्यका यसअघि बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, ‘उडी उडी आ सुवा’लगायतका गीतहरु लोकप्रिय छन् । त्यस्तै गरि गायक डेभिडको पहिलो नम्बरमा,दर्शन सलाम जस्ता गीतहरु सफल छन्।

Chaka Panja

मौलिक शब्दहरु समाबेश यस गीतले दर्शक श्रोताको मन जित्नेमा गायिका भावना ढुक्क छिन्। नव मोडल मन्जु थापा राजेश हमाल संग भिडियोमा काम गर्न पाउँदा उत्साहित छिन्।

देबेन्द्र पाण्डेको निर्देशनमा बनेको भिडियोमा कोरियोग्राफी पनि निर्देशक पाण्डेकै रहेको छ । भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

हेर्नुहोस् भिडियो :

Leave A Reply

Your email address will not be published.