सुचना, समाचार र मनोरन्जन

राजेश थापाको संगीतमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

काठमाडौँ :

नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ। क्यानडामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रहनु भएकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत,साहस शाक्यको एरेन्जमा गीत तयार गरिएको छ।

Pach Pandav

जिन्दगीको यात्रा भरि आफनो प्रेमीलाई सदैव आफनो साथमै राख्ने कुरा लाई गीत व्यक्त गरिएको छ। आफुलाई जिवनको आधार स्तम्भ बनेको हेर्न गायिकाले चाहना राखेकी छन। गीतमा प्रेमील जोडि विचको भावनात्मक प्रेम प्रंसगलाई समावेश गरिएको छ। गीतमा छायाँकन तथा सम्पादन र निर्देशन मिराज अर्यालको रहेको छ।

Leave A Reply

Your email address will not be published.