पोखरा/
रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा आउँदो चैत १६ गते शनिवार बृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यस वर्ष पनि चैतको तेस्रो शनिबार “जिबन बचाउन रक्तदान गरौ” भन्ने नाराको साथमा २३ औं बृहत खुला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको रेडियोका स्टेसन म्यानेजर संजयकुमार मल्लले जानकारी दिए ।
रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिहरु समेत गठन गरिएको छ । बुधबार बसेको बैठकले आरजु बिष्र्ट सल्यानी’लाई संयोजकको जिम्मेवारी दिइएको छ ।
राजाराम पौडेललाई प्रचारप्रसार र संघसंस्था परिचालनको जिम्मेवारी दिइएको हो । त्यस्तै कार्यक्रम व्यवस्थापकको जिम्मेवारी नारायाण पौडेललाई तोकिएको छ ।रेडियोले २०५८ सालदेखि नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।