काठमाडौं :
गत वर्ष फिल्म ‘राम नाम सत्य’मा बिराज भट्टपछि सुशिल श्रेष्ठ अनुबन्ध भएका छन्। उनलाई म्युजिक भिडियो निर्देशन गर्दै आएका माइकल चन्दको डेब्यु फिल्ममा दुई अभिनेता अनुबन्ध भएका हुन्। अहिले माइकलको राम नाम सत्य’को प्रि–प्रोडक्सनमा व्यस्त रहेका छन्।
निर्माण पक्षका अनुसार यो फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ। बिराज र सुशिलपछि अन्य कलाकारहरुको समेत धमाधम कलाकारहरु छनोट भइरहेका छन्। अभिनेता श्रेष्ठले यो फिल्ममा काम गर्नुको कारण फिल्मको स्क्रिप्ट रहेको बताए। यो फिल्ममा पनि सुशीलको रोमान्स र एक्सन हेर्न सकिने निर्माण पक्षको दाबी छ।
यो फिल्ममा अभिनेत्रीको भने टुङ्गो लागेको छैन। अभिनेत्री र केही कलाकारहरु फाइनल गर्न बाँकी रहेको निर्माणपक्षको भनाई छ। यो फिल्ममा लगानी उपेन्द्र शाही,स्वेता विमली र उत्तम गुरुङको रहनेछ। फिल्मका कार्यकारी निर्माता डाक्टर डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन्। माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो फिल्म हो।