सुचना, समाचार र मनोरन्जन

फिल्म ‘रामायण’को प्रदर्शन मिति घोषणा

काठमाडौं :

आगामी तिहारमा फिल्म ‘रामायण’ प्रदर्शनमा आउने भएको छ। दुई भागमा निर्माण हुने यो फिल्मले अर्को तिहारलाई पनि प्रदर्शनका लागि समय छुटाएको छ।

Pach Pandav

बुधबार निर्माता नमित मल्होत्राले इन्स्टाग्राममा फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको दुई भागको रिलिज मिति सार्वजनिक गरेका हुन्। दुवै भागलाई हिन्दूहरुको महान् चाड तिहार तथा दीपावलीमा प्रदर्शन गर्ने उल्लेख गरिएको छ। बलिउड सुपरस्टार रणबीर कपूर र साउथ अभिनेत्री साई पल्लवीको पहिलो सहकार्यमा तयार भइरहेको यस फिल्मको पहिलो भाग सन् २०२६ को दीपावलीमा र दोस्रो भाग सन् २०२७ को दीपावलीमा रिलिज हुन लागेको हो।

निर्माता मल्होत्राले भनेका छन्, ‘एक दशकभन्दा लामो समयदेखि मैले यो महाकाव्यलाई ठूलो पर्दामा ल्याउने प्रयास सुरु गरेको थिएँ । आज यसले आकार लिएको देख्दा रोमाञ्चित छु ।’

यसअघि ‘दंगल’, ‘छिछोरे’, ‘भूतनाथ रिटर्न्स’ जस्ता सफल फिल्म बनाएका उनको ‘रामायण’को छायांकन गरिरहेका छन्।

Leave A Reply

Your email address will not be published.