बागलुङ,
राष्ट्रपति रामचन्द्र पौडेल बागलुङमा पुगेका छन । बागलुङ नगरपालिका–१३ पैयुँपाटस्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहमा सहभागी हुन उहाँ नेपाली सेनाको हेलिकप्टरमा केहीबेरअघि यहाँ पुगेका हुन ।
राष्ट्रपति पौडेललाई हेलिप्याडमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले स्वागत गरे ।