सुचना, समाचार र मनोरन्जन

‘रमिताको पिरती’को ‘जुनी भर’ गीतः आनाको पछिपछि विनय

काठमाडौं :

सेरो फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्म ‘रमिताको पिरती’ माघ २३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। प्रदर्शनको मिति नजिकिँदै गर्दा फिल्मको दोस्रो गीत ‘जुनी भर’ बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर रहेको छ भने अस्मिता अधिकारीले उनलाई स्वरमा साथ दिएकी छन्। रोमान्टिक शैलीको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आना शर्मा र विनय श्रेष्ठलाई देख्न सकिन्छ। भिडियोमा विनयले आनालाई फकाउने र आना उनको प्रस्ताव अस्वीकार गरिरहेको दृश्य प्रस्तुत गरिएको छ, जसले दुवै पात्रबीचको प्रेमको सुरुवातलाई संकेत गर्छ।

फिल्ममा समीर श्रेष्ठ, गियाना, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्लेलगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्मको संगीतमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको योगदान समावेश छ।

सुदिप्ताको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा सागर लम्सालको लगानी छ। आरपी प्रोडक्सन, गणेश पाण्डे, सुवास कोइराला र प्रवेश लामिछाने एसोसियट निर्माता रहेका छन् भने आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता हुन्। फिल्मको छायांकन शिशिर बिशाङ्खेले गरेका छन्।

गीतको भिडियोमा झोलेइज्म, जेनिश महर्जन र प्रियतनाको छायांकन, झोलेइज्मकै सम्पादन तथा कृतिका बरालको कोरियोग्राफी रहेको छ। निर्माणपक्षका अनुसार, ‘रमिताको पिरती’ ले एक युवतीको प्रेमभावनालाई संवेदनशील र सूक्ष्म रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ।

Leave A Reply

Your email address will not be published.