सुचना, समाचार र मनोरन्जन

होटल संघ पोखराद्वारा कार्यालय प्रमुख रामप्रसाद खनालको निधनप्रति शोक व्यक्त

पोखरा,

होटल संघ पोखरा नेपालले आफ्ना कार्यालय प्रमुख रामप्रसाद खनालको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।

संघले बुधबार शोक विज्ञप्ति जारी गर्दै खनालको निधनले सम्पूर्ण संघ स्तब्ध र मर्माहत भएको जनाएको हो। गोर्खा आरुघाटका ४१ वर्षीय खनालको ‘जाऔँ है पोखरा’ अभियानका क्रममा पाल्पा पुगेका बेला आइतबार मस्तिष्कघात भएको थियो। उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा भर्ना गरिएका उनको उपचारकै क्रममा बुधबार निधन भएको संघले जनाएको छ।

Chaka Panja

दिवंगत खनालका श्रीमती र एक छोरी रहेका छन्। होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीद्वारा जारी विज्ञप्तिमा खनालको निधनले पर्यटन तथा होटल व्यवसाय क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ।

विज्ञप्तिमार्फत संघले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै दुःख सहने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ।

होटल संघ पोखरा नेपालमा लामो समयदेखि सक्रिय रहँदै आएका खनाल पर्यटन प्रवर्द्धनका विभिन्न गतिविधिमा अग्रसर रहँदै आएका थिए। उनको निधनले पोखराको पर्यटन क्षेत्रले एक समर्पित र कर्मशील व्यक्तित्व संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताएका छन ।

Leave A Reply

Your email address will not be published.