Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘गौँथली’को बिक्यो ५ लाख नजिक टिकट,व्यापारमा साढे १३ करोडमाथि
- स्वदेशमा रिलिज अगावै विदेशमा ‘बेहुली’को उच्च माग, प्रमुख देशहरूमा रिलिज अधिकार बिक्री
- कवि तथा गीतकार उमा श्रेष्ठको कवितासंग्रह ‘मौन छ देश’ र दुई गीत सार्वजनिक
- हलीको पोस्टरले दाङ,नेपालगञ्ज,धनगढी लगायतका अटोमा भरिभराउ
- दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड
- मानव सेवाको निमित्त गरिएको महायज्ञबाट ३ करोड ४५ लाख रुपैयाँ बचत
- काठमाडौँको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
- इबोलाले बढायो गर्भवतीको जोखिम
- इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड
- ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
उपराष्ट्रपति आज कतारको औपचारिक भ्रमणमा जाँदै
काठमाडौँ,
उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज दिउँसो ३ः३० बजे कतार प्रस्थान गर्दै छन् ।
उनी कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक समवेदना व्यक्त गर्न कतारको तीन दिने औपचारिक भ्रमणमा जान लागेका हुन् ।
भ्रमणका क्रममा उनले मंगलबार कतार राज्यका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उपराष्ट्रपति यादवसँग नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू पनि सहभागी छन्। उनी यही असार ३२ गते स्वदेश फर्किने तालिका छ ।
Prev Post