सुचना, समाचार र मनोरन्जन

सुन तस्करी मुद्दामा पक्राउ परेकी अभिनेत्रीले हिरासतमै खाइन् कुटाई

काठमाडौं :

सुन तस्करी मुद्दामा पक्राउ परेकी भारतिय अभिनेत्री रान्या रावले राजस्व गुप्तचर निर्देशनालय (डीआरआई) का अधिकारीहरूले आफूलाई कुटपिट गरेको आरोप लगाएकी छन्। उनले त्यहाँका कर्मचारीले कुटेको र आफुलाई भोक भोकै राखेको आरोप लगाएकी हुन्।

रान्याले आफुलाई झुटो मुद्दामा फसाइएको आरोप लगाउँदै आफु निर्दोष रहेको उल्लेख गरखेकी छन्।

‘डीआरआई अधिकारीहरूले मलाई खाली पानाहरूमा हस्ताक्षर गर्न दबाब दिइरहेका थिए,’उनले लेखेको पत्रमा भनिएको छ,‘मैले अस्वीकार गर्दा मलाई १०–१५ थप्पड हाने। मलाई धेरै दबाब दिइयो र त्यसपछि मलाई ५०–६० टाइप गरिएका र ४० खाली पृष्ठमा हस्ताक्षर गर्न लगाइयो।’

केहि दिनअघि दुबईबाट भारत फर्कने क्रममा १४ किलो सुनसहित रान्यालाई पक्राउ परेकी थिइन्। उनी १४ दिनको न्यायिक हिरासतमा बसिरहेकी छन्। भारतिय मिडियाका अनुसार मार्च ३ मा बेंगलुरुको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलबाट रान्यालाई पक्राउ गरेको थियो।

Leave A Reply

Your email address will not be published.