सुचना, समाचार र मनोरन्जन

भदौ महिनाको मासिक राशिफल पढ्नुहोस

शुभप्रभात/

मिति २०८१ साल भदौ १ गते शनिवार १७ अगस्ट २०२४। श्रावण शुक्लपक्ष, त्रयोदशी तिथि। पूर्वाषाढा नक्षत्र, १०ः१५ बजेपछि उत्तराषाढा। चन्द्रराशि धनु, १६ः१० बजेपछि मकर।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशिलाई भदौ महिनामा कामको चाप बढ्ने हुँदा बढी श्रम गर्नुपर्ने देखिन्छ। शरीरमा केही थकान देखिए पनि मन उत्साहित रहनेछ। मिहिनेत गर्दा सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। केही फजुल खर्च भए पनि विगतको लगानीबाट लाभ उठाउन सकिनेछ। सेयर तथा अन्य आर्थिक क्रियाकलापमा फाइदा हुनेछ। विद्यार्थीहरूको प्रगति हुने समय छ। प्रयोगात्मक अध्ययन र बौद्धिक क्रियाकलापमा विशेष उपलब्धि हुनेछ। प्रतिस्पर्धाले ज्ञानमा निखारता आउनेछ। नोकरीमा प्रवेश पदोन्नति वा अनुकूल स्थान प्राप्त हुने बलियो सम्भावना छ। क्षमता प्रदर्शन गरेरै उपलब्धि हात पार्न सफल भइनेछ। विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। केही काम दोहोर्‍याउनु परे पनि विगतको कमजोर नतिजा सच्याउन सकिनेछ, मिहिनेत गर्नुहोला।

वृष 
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वृष राशिलाई भदौ महिनामा परिस्थिति र मन अलि अशान्त रहने देखिन्छ। अर्थ अभाव र पारिवारिक दबाबले व्यवहार अस्थिरतातर्फ मोडिन सक्छ। निकटजनहरूसँग दूरी बढ्नेछ। साझेदारसँग सहमति नजुट्नाले आँटेको काम रोकिन सक्छ। परिस्थिति अनुकूल बनाइराख्न समयमा सगज रहनुपर्ला। उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा अरूले शंकास्पद नजरले हेर्न सक्छन्। व्यापार, कृषि र पशुपालनमा पनि केही न केही समस्या आइरहनेछन्। नोकरीमा अरूको दबाब झेल्नुपर्ने अवस्था आउन सक्छ। अप्ठ्यारो समयमा व्यर्थ विवाद गर्नुभन्दा सहयोगीहरू जुटाउने प्रयास गर्नुहोला। आर्थिक पक्षमा धेरै उन्नति नभए पनि व्यावहारिक आवश्यकता पूरा हुनेछन्। अध्ययन तथा लेखनमा प्रगति हुनेछ। स्वास्थ्यमा उच्च रक्तचाप, ज्वरो तथा छातीको समस्याले सताउन सक्छ, सजग रहनुहोला।

मिथुन 
का, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशिलाई भदौ महिनामा पहिलेका समस्या समाधान हुनेछन्। प्रयत्न गर्दा रोकिएका काम बन्नेछन्। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। लगनशीलताले नयाँ जिम्मेवारी समेत दिलाउन सक्छ। पेसा–व्यवसायमा पनि फाइदै हुनेछ। नोकरी तथा राजनीतिमा अवसर खोज्ने समय छ। विद्यार्थीहरूका लागि महिना उपलब्धिमूलक रहनेछ। विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। प्रतिष्ठित व्यक्तिहरू सहयोगी बन्नेछन्। अग्रजहरूको सहयोगले महत्त्वाकांक्षी काम गर्न सकिनेछ। महिनाको पूर्वार्धमा व्यवहार खर्चिलो हुने देखिन्छ। समयमा सजग नहुँदा अवसरवादीहरूले फसाउन सक्छन्। उधारो व्यापार र बेसुरमा गरिएको लगानीले आर्थिक जोखिम बढाउन सक्छ। उत्तरार्धमा स्थितिमा सुधार आउनाले जोस जाँगर बढ्नुका साथै लाभ हुनेछ।

कर्कट 
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्कट राशिलाई भदौ महिनामा केही महत्त्वपूर्ण उपलब्धि प्राप्त गर्न सफल भइनेछ। तर अरूको भरपर्दा काम रोकिने हुँदा स्वयं जुट्नुपर्नेछ। केही विवादास्पद जिम्मेवारी आउनेछन् तापनि समयले साथ दिनेछ। नोकरीमा नयाँ अवसर प्राप्त हुनेछ। व्यापार बढ्नेछ र पेसा–व्यवसायमा आंशिक फाइदा हुनेछ। कृषितर्फ नयाँ प्रविधि भित्र्याउने समय छ। सञ्चित रकम खर्चनुपरे पनि भौतिक साधन र केही उपकरण संग्रह गर्न सकिनेछ। उत्तरार्धमा लेनदेनसम्बन्धी विवाद आउन सक्छ। पुरानो हिसाब सुल्झाउन बाधा पर्नेछ। स्वास्थ्यमा शिर, दाँत र आँखाको समस्याले सताउन सक्छ। तापनि परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्। गरेका कामबाट बिस्तारै लाभ मिल्नेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। विदेश ताक्नेहरूलाई पहिलो सातामै प्रक्रिया थाल्न उचित हुनेछ।

सिंह 
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशिलाई भदौ महिनामा ज्वरो, टाउको दुखाइ तथा मौसमी समस्याले सताउन सक्छ। तापनि केही लोकप्रिय काम गर्दै आफ्नो क्षेत्र, वर्ग र समाजलाई बाटो देखाउन सकिनेछ। नोकरी तथा राजनीतिमा अवसर खोज्ने समय छ। अध्ययन र लेखनकलामा पनि निखारता आउनेछ। नयाँ प्रविधिको ज्ञान हासिल गर्ने अवसर प्राप्त हुनेछ। अभिव्यक्तिमा देखिने कठोर लयले भने केही समस्या समेत निम्त्याउन सक्छ। तथापि आलोचक र प्रतिद्वन्द्वीहरू नै कर्मयोगका प्रेरक बन्नेछन्। बलभन्दा बुद्धिविवेकले काम लिने चेष्टा गर्नुहोला। सेयर तथा व्यापारका लागि महिना विशेष फलदायी रहनेछ। विदेश ताक्नेहरूको सपना पूरा नहुन सक्छ। स्वास्थ्यमा ज्वरो, टाउको दुखाइ तथा मौसमी समस्याले सताउने समय रहेकाले सजग रहनुहोला। आत्मविश्वास र दृढसंकल्पले लक्ष्यमा पुर्याउनेछ।

कन्या 
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कन्या राशिलाई भदौ महिना केही संघर्षमय रहनेछ। सानो कमजोरीले आर्थिक व्यवस्थापान असन्तुलित बन्न सक्छ। सञ्चित रकम किनमेलमा खर्च हुनेछ भने लगानी तथा सरसापटमा गएको रकम अड्किनाले व्यवहारमा अर्थअभाव देखापर्ने सम्भावना छ। सुरुमा आशा देखाउनेहरूले पछि झुक्याउन सक्छन्। परिस्थिति अनुकूल नभएसम्म नयाँ कार्ययोजना अघि नबढाउनुहोला। कर्मक्षेत्रमा धेरै मिहिनेत र दौडधुप समेत गर्नुपर्ला। उधारो व्यापार गर्नुपर्ला। कर्जा लिएर जोखिम निम्त्याउनु भन्दा क्षति हुनबाट जोगिने प्रयास गर्नुहोला। प्रतिज्ञा पूरा नगरे पनि आफन्तसँग नम्र व्यवहार गर्नुहोला। महिनाको उत्तरार्ध लागेपछि स्थितिमा सुधार आउनेछ। विद्यार्थीहरूको अध्ययनमा बाधा हुनेछ भने यात्रा र मनोरञ्जनमा धेरै समय बित्नेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ।

तुला 
र, रि, रु, रे, रो, ता, ति, तु, ते
तुला राशिलाई विभिन्न अवसर प्राप्त हुनाले भदौ महिना उत्साहवर्धक रहनेछ। रोकिएका धेरै काम बन्नेछन् भने आयआर्जनका स्रोत पनि बढ्नेछन्। प्रयास गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ। मिहिनेतले दिगो आयस्रोत जुटाउने समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। अध्ययनमा प्रगति हुनेछ र व्यवसायमा आम्दानी बढ्नेछ। सेयर, व्यापार, कृषि तथा पशुधनबाट पनि मनग्य लाभ हुनेछ। विभिन्न भौतिक स्रोत–साधन जुट्नेछन् र दीर्घकालीन महत्त्वका कार्यहरू सम्पादन हुनेछन्। सेवा तथा परोपकारी कर्मले प्रसिद्धि दिलाउनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ। विलासी वस्तुका लागि अधिक खर्च हुनेछ। घरपरिवारमा भने केही समस्या देखापर्ने समय छ। प्रेम र मित्रताको बन्धन पनि केही कमजोर हुने सम्भावना देखिन्छ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
वृश्चिक राशिलाई भदौ महिना उपलब्धिमूलक रहनेछ। लगनशीलताले अध्ययन र लेखनमा प्रगति हुने समय छ। भौतिक साधन जुट्नाले रोकिएको काम गर्ने वातावरण तयार हुनेछ। पेसा–व्यवसायमा प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ। समुदायको प्रतिनिधिका रूपमा काम गर्ने सौभाग्य प्राप्त हुनेछ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् र विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। नयाँ कामको प्रस्ताव आउनेछ। सामाजिक कामले पनि सम्मानित स्थान दिलाउन सक्छ। आफ्नो वर्ग, समुदाय तथा विशेष अभियानको नेतृत्व लिने समय छ। दिगो आम्दानी हुने काम गर्न सकिनेछ। व्यापार, कृषि तथा पशुधनबाट मनग्य लाभ हुनेछ। पारिवारिक माहोल भने केही अशान्त रहनेछ। महिनाको उत्तरार्धमा स्वास्थ्य पनि कमजोर बन्न सक्छ।

धनु 
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धनु राशिलाई भदौ महिना सामान्य फलदायी रहनेछ। मिहिनेत गर्दा उपलब्धि प्राप्त गर्न सकिनेछ। खर्च लागे पनि स्रोत–साधन जुटाउन सकिनेछ। नोकरी तथा राजनीतिमा अवसर खोज्ने समय छ। प्रयत्न गर्दा नयाँ कार्य थालनी हुन सक्छ। धार्मिक तथा सामाजिक काममा प्रवृत्त भइनेछ। व्यवसायका लागि पूर्वाधार तयार पार्ने समय छ। पेसा–व्यवसायमा केही सुधारका लक्षण देखिनेछन्। महिनाको उत्तरार्धमा पारिवारिक माहोल केही अशान्त रहने देखिन्छ, सजग रहनुहोला। लगानीमा नाउँमा केही रकम बाहिरिने सम्भावना छ। प्रमाण नराखी दिएको नगद र उधारो व्यापारले भने पछि समस्या निम्त्याउन सक्छ। पछिल्ला दिनमा आयस्रोत कमजोर हुनेछ भने भौतिक साधनमा पनि क्षति पुग्न सक्छ। आर्जित धन र उपलब्धि जोगाउने प्रयास गर्नुहोला। अध्ययनमा धेरै समय दिन नसकिएला।

मकर 
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मकर राशिलाई भदौ महिना केही संघर्षमय रहनेछ। अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। घर–परिवारमा पनि असमझदारी बढ्ने सम्भावना छ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। आयस्रोत कमजोर बन्नाले नयाँ योजना स्थगित हुन सक्छ। सामान्य व्यापार भए पनि फाइदा कममात्र हुनेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नाले जोस–जाँगरमा कमी आउनेछ। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। अरूको भरपर्दा धोका पाइनेछ र लाभांश पनि गुम्नेछ। काम गर्न नसकिए पनि पहिलेको उपलब्धि जोगाउन सजग रहनुहोला। लगनशील बन्दा अध्ययनमा भने लक्ष्य प्राप्त गर्न सकिनेछ। धार्मिक तथा सामाजिक काममा रुचि बढ्नेछ। सद्विचारले प्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ। कृषि र पशुपालनमा फाइदा हुनेछ।

कुम्भ 
गु, गे, गो, सा, सि, सु, से, सो, द
कुम्भ राशिलाई भदौ महिना केही संघर्षमय रहनेछ। समयमा सजग नहुँदा आफ्नो भोगाधिकारमाथि अरूले दाबी गर्न सक्छन्। कर्ममा जुट्नेहरूलाई पनि केही विघ्नबाधा आइरहनेछन्। किनमेल, यात्रा र भेटघाटले महिना केही खर्चिलो रहनेछ। अवसर आए पनि समय दिन नसक्दा पेसा–व्यवसाय कमजोर बन्नेछ। व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। सेयर तथा लगानीबाट उचित लाभ उठाउन नसकिएला। महिनाको उत्तरार्धमा स्थिति केही अनुकूल बन्नेछ। पहिले विश्वास नलागेका व्यक्तिहरू सहयोगी बन्नेछन्। अलग्गिएका साझेदार पुनस् सम्झौतामा जोडिने सम्भावना छ। आफ्नो मान्यतामा अडान लिँदा साथीभाइको आत्मसम्मानलाई ख्याल गर्नुहोला। अध्ययनमा उपलब्धि प्राप्त गर्न सकिनेछ। ठूलो उपलब्धि नभए पनि पहिलेको साख जोगाउन सफलता मिल्नेछ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मीन राशिलाई भदौ महिना उपलब्धिमूलक रहनेछ। काम बन्नुका साथै अर्थ उपार्जनका नयाँ स्रोत फेला पर्नेछन्। अनुकूल वातावरण बन्नाले पेसा–व्यवसायमा फाइदा हुनेछ। शत्रुबाधा, मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। प्रतिस्पर्धाबाटै भाग्योदय हुनेछ। सानो प्रयत्नले महत्त्वाकांक्षी योजना, दिगो काम तथा नयाँ पेसा–व्यवसाय प्रारम्भ हुनेछ। स्थापित पेसा–व्यवसायले नयाँ उचाइ तय गर्नेछ। पहिलेका प्रतिस्पर्धीहरू नै सहयोगी बन्नेछन्। अड्किएका काम पुनः प्रारम्भ हुनेछन् र उठ्नुपर्ने रकम प्राप्त हुनेछ। अरूका हातमा गएको धन र वस्तुसमेत फिर्ता हुनेछ। प्रयत्न गर्दा नयाँ काम, उद्योग वा व्यवसाय सुरु हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। महिनाको उत्तरार्धमा केही घरेलु समस्या आउन सक्छन्, वादविवादबाट भरसक टाढा रहनुहोला।

.

Leave A Reply

Your email address will not be published.